आइतवार, श्रावण २४ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य यथावत

सोमवार , जेठ १८, २०८३


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिलेज, ग्यास लगायतको मूल्य यथावत राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज नयाँ खरिद मूल्य प्राप्त गरेको र सो अनुसार पेट्रोल, डिजेल, मट्टितेल,हवाई इन्धन, एलपी ग्यास लगायतको मूल्य यथावत राखेको निगमले जनाएको हो ।

यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई ६२ करोड ८६ लाख रुपैयाँ अझै घाटा हुने देखिएको निगमले जनाएको छ । निगमले १५ दिनमा ६२ करोड भन्दा बढी घाटा देखाएको हो ।


विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको समेत निगमले आइतबार विज्ञप्ति जारी गरी जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार