आइतवार, श्रावण २४ गते २०८३

सन्दीप लामिछाने श्रीलंकाको फ्रेन्चाइज लिगमा २० हजार डलरमा बिक्री

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाली स्टार स्पिनर सन्दीप लामिछाने श्रीलंकाको फ्रेन्चाइज लिगमा अनुबन्धित भएका छन् ।

उनलाई जाफ्ना किङ्सले खरिद गरेको हो ।

सो प्रतितियोगितामा सन्दीप गोल्ड क्याटेगोरीमा सर्टलिस्टेड भएका थिए । उनी २० हजार डलर (करिब ३० लाख रुपैया) मा बिक्री भएका हुन्।

जाफ्नाको कप्तान भानुका राजापक्षे हुन् । यो टिममा बंगलादेशका अनुभवि अलराउन्डर सकिब अल हसनसमेत रहेका छन् ।

टीमका अन्य खेलाडीहरुमा दिलशान मधुशंका, इब्राहिम जद्रान, डेविड विसी, अविष्का फर्नान्डो, चामिन्दु विक्रमासिंगेलगायत छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार