काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरूङको सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेको प्रश्नबारे छानबिन गर्न बनेको समितिलाई थप पाँच दिनको समय उपलब्ध भएको छ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागु हुने गरी थप पाँच दिनको समय दिएको हो।
वैशाख २३ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो। समितिले प्रतिनिधि सभा सदस्य एवं पूर्वगृहमन्त्रीसँग सम्बन्धित उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गर्न भनेको हो।
यस समितिलाई १५ दिनको समय दिइएको थियो। तर उक्त समितिले काम गर्न थालेयता समयावधि सोमबार सकिएको हो।