काठमाडौं। सुनको मुल्य तोलामै १४ सय रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ।
बिहीबार तोलाको ९० हजार पाँच सय रुपैयाँमा खरिदबिक्री भएको थियो। आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।