काठमाडौँ । द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन्। द हन्ड्रेड क्रिकेट प्रतियोगिता ओभलबाट खेल्न लागेका हुन् । प्रतियोगिता खेल्न उनि आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।
गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो ।