काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आगामी असार १ गतेदेखि सडक तथा फुटपाथ खन्न नपाइने भएको छ । महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म यस्तो कार्य गर्न सहमति नदिने निर्णय गरेको हो ।
महानगरपालिकाको नगर कार्यपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो । विशेषगरि वर्षात्को समयमा सडक खन्दा बाटो हिलो हुने, एक ठाउँमा खनिएको बाटोको हिलोका कारण अन्य ठाउँमा पनि फोहोर हुने तथा यातायात आवागमन र फुटपाथमा हिंड्न समेत असहज हुने गरेको छ ।