शनिवार, कार्तिक ८ गते २०८३

बर्दियामा बँदेल मार्न थापेको पासोमा परी एकै परिवारका तीनको मृत्यु

शनिवार , आश्विन २, २०७८

काठमाडौं। बर्दियामा बँदेल मार्न थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको हो। 

गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र उनलाई बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। पासो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार