सोमवार, श्रावण २५ गते २०८३

अर्थमन्त्री वाग्लेद्धारा प्रेस काउन्सिलमा उजुरी

शनिवार , जेठ २३, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक राष्ट्रिय दैनिक पत्रिकाविरुद्ध प्रेस काउन्सिल नोपलमा उजुरी दिएकका छन् । आफूविरुद्ध असत्य र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै उनले उजुरी दिएका हुन् । 

आर्थिक दैनिकले जेठ २२ गतेका अंकमा अर्थमन्त्री डा.वाग्लेका नाममा जोडेर झुटो र काल्पनिक शीर्षक राखेर समाचार लेखेको उजुरीमा उल्लेख गरिएको छ ।  वाग्लेले उक्त समाचार आफ्नो मानहानि गर्ने मनसायले लेखिएको उल्लेख गरेका छन् ।

 डा.वाग्लेले आर्थिक दैनिक प्रेस काउन्सिल ऐन २०४८ को दफा १२ बमोजिम तत्काल अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । 

आर्थिक दैनिकले बीवाईडी नियन्त्रणः अर्थमन्त्री कमिसनमा फसेको आशङ्का शीर्षकमा प्रथम पृष्ठमा समाचार लेखेको थियो ।

आशङ्का कै भरमा अर्थमन्त्री डा.वाग्लेका विरुद्ध प्रायोजित दुष्प्रचारमा लागेको देखिएपछि थप अनुसन्धानको तयारी भइरहेको जनाइएको छ । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार