काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशन तालिकाअन्तर्गत हालसम्म ४ हजार २४६ वट वडामा अधिवेशन सकेको छ । हालसम्म कुल ५१२ पालिका अधिवेशन सम्पन्न भएको उक्त पार्टीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लक्षित गरी विशेषतालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन गरेको थियो । त्यस्तै जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन गरेको थियो ।
जेठ १६ र १७ गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन गरेको थियो ।
आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अगाामी असार ७, ८, ९ गते चितवनमा हुँदैछ ।