काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले केन्द्रीय कार्यालय बनस्थलीमा प्रदर्शन गरेका छन् ।
पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रेका कार्यकर्ताले पार्टी संगठनमा पारदर्शिताको माग गरेका छन् ।
आन्दोलनरत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।
निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ ।
कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ तथा निष्पक्ष निर्णयको माग गरेका छन् ।