काठमाडौं । सरकारले विभिन्न कसुरमा कैद भुक्तान गरीरहेका ५३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णणय गरेको छ। संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्।
मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो। सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।