सोमवार, श्रावण २५ गते २०८३

आज पनि घट्यो सुनको भाउ

सोमवार , जेठ २५, २०८३

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार)सुन–चाँदीको भाउ घटेको छ। आइतबार तोलामा आठ हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख आठ रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार