शनिवार, कार्तिक ८ गते २०८३

संविधान दिवको अवसरमा को को हुँदैछन् विभुषित ? (सूचीसहित)

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन्। 

नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व.कृष्णप्रदास भट्टराईलाई प्रदान गरिने भएको छ। भने, दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पदवीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई प्रदान गरिनेछ।

यसैगरी, महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सम्मानित गरिनेछ। यसैगरी, माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा राजनीतिक अभियन्ता सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। 

यस्तै, लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ। यस्तै, त्यस्तै स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन्। यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कापनि विभूषित हुँदै छन्।

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसी, सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियन्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनपनि विभुषित हुँदै छन्। निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ। 

1.jpg2.jpg3.jpg4.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार