बिहिवार, आश्विन १५ गते २०८३

मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य : देउवा

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। सातौं संविधान दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने पनि बताएका छन्। उनले चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना खोप लगाइने बताए। उनले संविधानको रक्षा र कार्यान्वयनमा प्रतिवद्ध रहेको पनि बताएका छन्।

संविधान कार्यान्वयन गर्न संवाद, सहमति र सहकार्यबाटै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाइने पनि उनले उल्लेख गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार