शनिवार, कार्तिक ८ गते २०८३

सम्पादक न्यौपाने कोभिड डिफेन्स अवार्डबाट सम्मानित

आइतवार , आश्विन ३, २०७८

काठमाडौं। शैली न्युज डट कमका सम्पादक दिनेश न्यौपाने ‘कोभिड डिफेन्स अवार्ड २०२१’ बाट सम्मानित भएका छन्। कोभिड–१९ महामारीको समयमा पत्रकारिता क्षेत्रबाट महत्वपुर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो। 

फोकस नेपाल नामक संस्थाले आयोजना गरेको ‘विश्वव्यापी कोभिड प्रभावमा उर्जा क्षेत्र, चुनौती र अवसरहरू’ विषयक कार्यक्रममा पत्रकार न्यौपानेलाई कोभिड डिफेन्स अवार्ड २०२१ बाट सम्मानित गरिएको हो।

लामो समयदेखी पत्रकारितामा रहेका न्यौपाने महामारीको समयमा पनि ज्यान जोखिममा राखी पत्रकारितामा क्रियाशील भएर लागेका कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा महत्वपुर्ण मुमिका निभाएको संस्थाले जनाएको छ। संस्थाले संविधान दिवसको अवसरमा न्यौपानेलाई अवार्डबाट सम्मानित गरेको हो। कार्यक्रममा न्यौपानेलगायत विभिन्न पेसा व्यवसायमा रही उत्कृष्ट काम गर्ने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार