आइतवार, श्रावण २४ गते २०८३

इरानसँगको युद्ध अन्त्य नजिक, सैन्य आक्रमण रद्द

शुक्रवार , जेठ २९, २०८३

वासिङ्टन डीसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको र सम्भावित शान्ति सम्झौताको नजिक पुगेको घोषणा गर्नुभएको छ ।

ह्वाइट हाउसको ओभल कार्यालयबाट सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि गर्न लागिएका नयाँ सैन्य आक्रमणहरू रद्द गरिएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले इरानको शीर्ष नेतृत्वसँगको उच्चस्तरीय छलफलपछि सहमति परिपक्व भएको दाबी गर्नुभएको छ ।

यो समझदारीसँगै विगत केही महिनादेखि जारी तनाव कम हुने र रणनीतिक रूपमा महत्त्वपूर्ण ’स्ट्रेट अफ हम्र्युज’ (जलमार्ग) पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । ट्रम्पका अनुसार दुवै पक्षबीच आगामी केही दिनभित्रै औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।

प्रस्तावित सम्झौताले इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्ने अमेरिकी दाबी छ । यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाइले भने सम्झौताको मस्यौदाबारे अझै अन्तिम निष्कर्षमा नपुगिएको टिप्पणी गर्नुभएको छ ।

गएको फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेका थिए, जसलाई ट्रम्पले केही हप्तामै सकिने दाबी गर्नुभएको थियो । यो युद्ध अन्त्यको घोषणाले विश्व बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको छ भने सेयर बजारमा सकारात्मक उत्साह देखिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार