आइतवार, श्रावण २४ गते २०८३

परराष्ट्रमन्त्री खनाल भोली चीन भ्रमणमा जाने

शनिवार , जेठ ३०, २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन । 
जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ गतेदेखि असार ३ गते सम्म चार दिनका लागि औपचारिक भ्रमणमा जाने गरी मिति तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यसूची रहेको छ । नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई थप प्रगाढ बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने मन्त्रालयले शुक्रबार जारी वक्तव्यमा उल्लेख छ । 

सो क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । साथै नेपालमा विदेशी लगानी प्रवर्धन गर्न 

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुनुहुने उनको कार्यसूची रहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार