शनिवार, कार्तिक ८ गते २०८३

२८ वर्षीया आमा र ४ वर्षीय छोराले यसरी अकालमै गुमाए ज्यान

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। धनुषाको धनुषाधाम नगरपालिकामा पोखरीमा डुबेको अवस्थामा आमा छोराको शव फेला परेको छ। नगरपािलका २ धर्मपुर टोलका २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमारको शव घर नजिकैको पोखरीमा फेला परेको हो।

सोमबार बिहान स्थानीयले पोखरीमा आमा-छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय धनुषाधामको टोली घटनास्थल पुगेर शव निकाल्ने काम गरेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।

स्थानीयका अनुसार राति पति पत्नीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार