शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। सरकारले विनियोजन विधेयक पारित गरेको छ। नेकपा एमालेको अवरोधकैबीच विधेयक पारित गरिएको हो। नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाए। 

सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। अर्थमन्त्री शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक संसदबाट पारित भएको छ। 

बजेट पारित नहुँदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको थियो। विनियोजन विधेयक पारित भएपछि मात्रै त्यसमा आश्रित विधेयक राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल भएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार