आइतवार, श्रावण २४ गते २०८३

मेस्सीको ऐतिहासिक ह्याट्रिकले विश्वभर छायो खशीयाली

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले खेलपछि भने: "मिस्रीका लागि मसँग अब शब्दहरू नै बाँकी छैनन्। उनी विगत २० वर्षदेखि निरन्तर यसरी नै चम्किरहेका छन्। उनी अर्जेन्टिनीका लागि मात्र होइन, संसारभरका फुटबल प्रेमीका लागि एउटा उत्सव हुन्।"

बुधवार , आषाढ ३, २०८३

कन्सास सिटी, अमेरिका । जारी फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सानदार ह्याट्रिक गरेपछि यतिबेला विश्वभरका फुटबल प्रशंसकहरू उत्सवमा डुबेका छन्। समूह 'जे' को उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले पराजित गर्दा सबै गोल मेस्सी एक्लैले गरे। ३८ वर्षको उमेरमा पनि जादुमयी प्रदर्शन जारी राख्दै मेस्सीले आफ्नो खेल जीवनकै पहिलो विश्वकप ह्याट्रिक पूरा गरेका हुन्।

खेलको १७औँ मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खाता खोलेका मेस्सीले ६०औँ र ७६औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरे। यो सँगै उनले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमानसँग बराबरी समेत गरेका छन्।

विश्वभर खुसीयाली र प्रशंसाको लहर

मेस्सीको यो ऐतिहासिक प्रदर्शनपछि ब्युनस आयर्सदेखि नेपालका सडकसम्म मध्यरातमा प्रशंसकहरूले खुसीयाली मनाएका छन्। सामाजिक सञ्जालहरू मेस्सीमय बनेका छन् भने समकालीन खेलाडीहरूले समेत उनको तारिफ गरेका छन्। नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले मेस्सीको प्रदर्शनलाई 'अभूतपूर्व' भन्दै प्रशंसा गरेका छन्।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले खेलपछि भने: "मिस्रीका लागि मसँग अब शब्दहरू नै बाँकी छैनन्। उनी विगत २० वर्षदेखि निरन्तर यसरी नै चम्किरहेका छन्। उनी अर्जेन्टिनीका लागि मात्र होइन, संसारभरका फुटबल प्रेमीका लागि एउटा उत्सव हुन्।"

६ वटा फरक विश्वकप संस्करण खेल्ने विश्वकै पहिलो खेलाडी बनेका मेस्सीले यो उमेरमा पनि विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडीको कीर्तिमान (३८ वर्ष ३५७ दिन) आफ्नो नाममा लेखेका छन्। यसअघि यो रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा थियो। मेस्सीको यो लयले अर्जेन्टिनालाई लगातार दोस्रो पटक उपाधि दिलाउने समर्थकहरूको विश्वासलाई अझ बलियो बनाएको छ। अर्जेन्टिनाले आफ्नो अर्को खेल आगामी सोमबार अस्ट्रियाविरुद्ध खेल्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार