आइतवार, श्रावण २४ गते २०८३

आठ विधामा चलचित्र पुरस्कार प्रदान, कुन विधामा को पुरस्कृत ?

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । विभिन्न आठ विधामा राष्ट्रिय चलचित्र पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा ति पुरस्का वितरण गरिएको हो । 

सोही समारोहमा विभिन्न व्यक्तिलाई दीर्घ साधना सम्मान समेत वितरण गरिएको छ । समारोहमा नवीन चौहान निर्देशित ऊनको स्वीटरले ३ विधामा पुरस्कार वितरण गरिएको छ ।

ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित हुनुका साथै उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक नवीन चौहान पाएका छन् । यसै फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।


उत्कृष्ट अभिनेताको पुरस्कार भने परान फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गरेका छन् । उत्कृष्ट पटकथातर्फको पुरस्कार पनि परानले नै जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत भएका हुन् ।

उत्कृष्ठ छायाकनको पुरस्कार कोशेढुंगाले पाउँदा उत्कृष्ट  पुरस्कार पनि यसै फिल्मबाट नहकुल खड़काले प्राप्त गरेका छन् ।

समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मान ले पुरस्कृत गरिएको छ । ३ लाख ७५ हज़ार नगदसहित श्रेष्ठलाई सम्मान गरिएको हो ।

रमिताको पिरतीबाट आना शर्मा र झरी पछिको इन्द्रेणीबाट बिमोचन दवाडीले जूरी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ ।

यो सम्मान पाउनेमा प्रदर्शक विष्णु गोपाल श्रेष्ठ,  प्रदर्शक डाक्टर सिंह गुरुङ, अभिनेत्री मेनुका प्रधान, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन् ।

त्यसैगरी अभिनेत्री तथा खेलाडी एन्जिला तुम्बापो सुब्बा, अभिनेत्री लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, प्राविधिक शंकर पाण्डे र पत्रकार दिनेश सिटौला९ मरणोपरान्त० ले पनि विशेष योगदान सम्मान पाएका छन् ।

लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलधित्र पुरस्कार २०८२ पाएको छ ।

उत्कृष्ठ आदिवासी फिल्मको पुरस्कार भने नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ को निर्णायक मण्डलको संयोजकमा वरिष्ठ अभिनेता हरिहर शर्मा रहेका थिए । सदस्यहरूमा निर्देशक मिलन चाम्स, वरिष्ठ फिल्म प्राविधि अरुण थापा, अभिनेत्री सरिता गिरी र संकृतिविद् तथा प्राध्यापक अरुण गुप्तो रहेका थिए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सर्जकलाई पुरस्कारले जिम्मेवार बनाउने र काम गर्न ऊर्जा थप्ने बताए । चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर मौलिक सँस्कृतिको जगेर्ना गर्ने माध्यम पनि भएको उनले बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार