शनिवार, कार्तिक ८ गते २०८३

बुटवलका मेयरलाई मुक्का हान्ने यि युवक को हुन?

सोमवार , आश्विन ४, २०७८

काठमाडौं। नेकपा एमाले रुपन्देहीका अध्यक्ष समेत रहेका बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको खुलासा भएको छ। सोमबार विहान पहिरो गएको ठाँउमा निरीक्षण गर्न बुटवल-३ ज्योतिनगर पुगेका मेयर सुवेदीलाई हातपात गरिएको थियो।

हातपात गर्ने व्यक्ति गणेश पंगेनी हुन्। उनि अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको जनाइएको छ। लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी गणेश पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन्।

पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए।

गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। सोमबार बिहानैदेखि बुटवल तथा आसपासको क्षेत्रमा पानी परिरहेकोले पहिरोले थप क्षति पुर्‍याउन सक्ने भन्दै मेयर सुवेदी सहितको टोली पहिरोग्रस्त क्षेत्रमा पुगेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार