आइतवार, श्रावण २४ गते २०८३

असार ११ गते बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । ६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्‍यो । यससँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।


सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।

ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार