काठमाडौं। आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सानदार जित निकालेको छ। आबुधाबीमा सोमबार राति भएको खेलमा कोलकत्ताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो।
बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। कोलकत्ताको जितमा सुबमन गिलले ४८ रन बनाए। यस्तै भेन्काटेस आयर ४१ रनमा अविजित रहे। बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो। बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे। सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए।
ग्लेन म्याक्सवेल १० रनमा आउट भए। कप्तान विराट कोहली ५ रनमा आउट भए। कोलकत्ताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३(३ विकेट लिए। लक्की फर्गुसनले २ विकेट लिए।