गरिएका हरेक ति घात महंगा छन्
बेहोसीमा बोलिएका बात महंगा छन् ।
सपना त साह्रै मीठा अनि सुन्दर हुन्छन्
ब्युझदा देखिने हरेक प्रभात महंगा छन् ।
हुटिट्याउले पनि त थामेकै थ्यो आकाश
आफैलाई रुझाउने बर्षात महंगा छन् ।
स्यालै पनि त घोर्लन्छ बैँष चढे पछि
जवानी ढल्के पछिका औकात महंगा छन्
नतिजा कहाँ सँधै पोल्टा भित्रै परिराख्छन्
छट्पटीमा बिताउने रात महंगा छन् ।