शनिवार, कार्तिक ८ गते २०८३

भारतीयसंग मिलेर आफ्नै श्रीमतीले गरिन श्रीमानको यस्तो विभत्स हत्या!

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। सिरहामा एक महिलाले भारतीय नागरिकसंग मिलेर पतिको हत्या गरेको खुलेको छ। गोलबजार नगरपालिका–४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको हत्यामा उनकै पत्नीको संलग्नता देखिएको प्रहरीले बताएको छ।

सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।

प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमानश्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए। साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ। मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

हत्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए। उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण लिएको पनि प्रहरीले जनाएको छ। प्रहरीले पतिको हत्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार