बिहिवार, आश्विन १५ गते २०८३

भीरबाट खसालिएको टेम्पो किन्न पाँच लाख दिने सहमति, वनका कर्मचारी आफैले संकलन गरे रकम

मंगलवार , आषाढ ९, २०८३

कैलाली । कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो धकेलेर भीरबाट खसालेको घटना पीडितलाई ५ लाख क्षतिपुर्ती दिने सहमति भएको छ । वनका कर्मचारी आफैले एक आपसमा उक्त रकम संकलन गरेर दिन लागेका हुन् ।

जेठ २९ गते दिउँसो  जिल्लाको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग अन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट धकेलेर खसालिदिएका थिए।

त्यसको भिडिओ सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा तोकिएको थियो। जसको म्याद बुधबार सकिँदै छ। तर, त्यसपूर्व नै टेम्पो धनी पीडित धनादेवी धामीलाई ५ लाख क्षतिपूर्ती उपलब्ध गराउने सहमतिपछि विवाद सल्टिएको छानबिन समितिका संयोजक विष्टले जानकारी दिए।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार