काठमाडौं । माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्तहरूले धर्ना कार्यक्रम आयोजना गरेका छन्।
सडकपेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न निकायबाट भएको धरपकड र जबरजस्ती हटाउने प्रयासको विरोध गर्दै आन्दोलन गरेका हुन्।
धर्नामा सहभागीहरूले पानी, धुलो र धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता होु भन्दै वैकल्पिक रोजगारी वा पुनर्स्थापनाको व्यवस्था नगरी फुटपाथ नछोड्ने चेतावनी दिएका छन्।