आइतवार, श्रावण २४ गते २०८३

लगातार घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

बुधवार , आषाढ १०, २०८३


काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६० अंकमा कायम भएको छ । नेप्सेको यो अंक ४ महिनाकै न्यून हो । अघिल्लो दिन पनि नेप्से परिसूचक २६.१६ अंक घटेको थियो ।

आजको अंक फागुन १४ यताकै न्यून हो । फागुन १४ गते नेप्से २६५४ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । दिउँसो १ बजे नेप्से आजको न्यूनतम अंक २६३४ अंकसम्म झरेको थियो ।


कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा २०२ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटे । फाइनान्स ०.१९ तथा व्यापार ०.८१ प्रतिशत बढे ।

बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य १.०२ प्रतिशत घटे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार