आइतवार, श्रावण २४ गते २०८३

जापान र स्विडेनले १–१ गोलको बराबरीमा, जापान नकआउट चरणमा

शुक्रवार , आषाढ १२, २०८३

फिफा विश्वकप,२०२६ अन्तर्गत डालास स्टेडियममा भर्खरै सकिएको समूह ‘एफ’को खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेलेका छन्। 

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा १–१ गोल गरेका हुन्। 

यो खेलपछि जापान ५ अंकसहित समूहको उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। 

स्विडेन भने तीन अंकसहित तेस्रो स्थानमा छ।

खेलको ५६ औँ मिनेटमा जापानका डायची मायदाले १ गोल गरे। 

६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।

स्विडेनसँग बराबरी खेलेपनि  ५ अंक जोडेको जापान नकआउट चरणमा प्रवेश गरेको छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार