बिहिवार, आश्विन १५ गते २०८३

कुलमान घिसिङको नियुक्ती विरुद्धको रिटमा सर्वोच्चको यस्तो आदेश

मंगलवार , आश्विन ५, २०७८

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सार्वोच्च अदालतले काम गर्ने बाटो खोििदएको छ। घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनलाई काम गर्न बाटो खुलेको हो। 

सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्यलाई भने उर्जा आयोगको सचिव सरहको पूर्ण सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो।

तर आफूलाई हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै शाक्यले ३२ साउनमा आफूलाई हटाउने र घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय खारेजको माग गर्दै रिट दायर गरेका थिए। उनले मन्त्रिपरिषद् निर्णय कार्यान्वयन नगर्न र घिसिङलाई कार्यकारी निर्देशकको पदमा काम गर्न नदिन अन्तरिम आदेश मागेका थिए।

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। ८ भदौमा मिसिल झिकाउने आदेश दिएका उनले मंगलबार कारण देखाउ र अन्तरिम आदेश जारी नहुने आदेश सुनाएका हुन्। यससँगै यो मुद्दाको टुंगो नलागेसम्म कार्यकारी निर्देशक कुलमानलाई काम गर्ने बाटो खुलेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार