काठमाडौं। पदिय आचरणविरुद्ध काम गरेको भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कारवाही गर्न सिफारिस भएको छ। उनमिाथी लागेको आरोप छानविन गर्न बनेको समितिले मंगलबार प्रतिवेदन बुझाउदै उनलाई कारवाही गर्न सिफारिस गरेको हो।
प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरी रेविका ढंगानाको नाममा १० हजार शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको समितिको निष्कर्ष छ। बिवाहित छोरी भएपनि आफैंले रकम हालेर शेयर किनेको पाइएको समितिले निष्कर्ष निकालेको अर्थमन्त्रालय श्रोतले बताएको छ।
ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो। समितिले आज अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको हो।