काठमाण्डौ। एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको छ ।
उज्वेकिस्तानको जेएआर मैदानमा भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएको हो।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो। तर आजको नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग दुई–एकले हारेको थियो । आज हङकङसँग बराबरी खेलेपछि नेपालले आउँदो वर्ष भारतमा हुने एसियन कप खेल्न नपाउने भएको छ।