काठमाडौँ । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ सय पुगेको छ।
गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म १५ पुगेको छ। अझै करिब ५० हजार मानिसको अवस्था अज्ञात रहेको बताइएको छ। त्यस्तै ३ हजार १५० जना घाइते भएका छन् भने १२ हजार ७२१ जना विस्थापित भएका छन्।
साथै ७७४ वटा भवन पूर्ण रूपमा भत्किएका छन्।सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा विदेशी उद्धार टोलीहरू समेत परिचालन गरिएका छन्। उद्धार अभियानका क्रममा आइतबार पनि केही व्यक्तिलाई जीवितै बाहिर निकालिएको छ।