आइतवार, श्रावण २४ गते २०८३

सांसदलाई सभामुख अर्यालले भने –जनताको मूल्याङ्कनमा अब्बल हुने गरी काम गर्नुस्

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढाउन सांसदहरूलाई आग्रह गरेका छन् । 

संघीय संसद् सचिवालयले सिंहदरबारमा सोमबारदेखि सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अर्यालले लाखौँ मतदाताको विश्वास जितेर संसद्‌मा पुगेका सांसदहरूले जनताको अपेक्षा अनुसार जिम्मेवार व्यवहार गर्नुपर्ने बताए । 

सभामुख अर्यालले सांसदहरूबिच राम्रो कानुन निर्माण, अनुकरणीय व्यवहार र प्रभावकारी प्रस्तुतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले सांसदका हरेक गतिविधिको मूल्याङ्कन जनताले गरिरहेको भन्दै जनविश्वास कायम राख्ने गरी काम गर्नुपर्ने बताए । 

अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई संसदीय भूमिकामा प्रभावकारी रूपमा प्रयोग गर्न सांसदहरूलाई उनले आग्रह गरे । 
उनले भने, “हामीमध्ये धेरै सांसद नयाँ छौँ। नयाँ हुनु भनेको देश, कानुन वा विधि नबुझेको भन्ने होइन, तर सङ्घीय संसद्को कार्यप्रणाली र प्रक्रियामा अझ अभ्यस्त हुन बाँकी छ। त्यसैले यस अभिमुखीकरणबाट सिकेर आगामी दिनमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ।”

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार