शनिवार, कार्तिक ८ गते २०८३

निन्द्रामै पहिरोले लियो जुम्ल्याहा गंगा–जमुना र भावनाको ज्यान

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। गुल्मीमा पहिरोले घर पुरिँदा घरमा तीनजना दिदि–बहिनीको मृत्यु भएको छ।

रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर परिँदा उनका छोरी २१ वर्षया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

मंगलबार राति करिब १ बजे पहिरोले घर परिँदा सुतिरहेका तीनै जनाको मृत्यु भएको हो। उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ।

शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। तिलक, उनकी श्रीमती र अर्की छोरी सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार