आइतवार, श्रावण २४ गते २०८३

कच्चा तेलको मूल्य घट्यो

मंगलवार , आषाढ १६, २०८३

दोहा । अन्तर्राष्ट्रिय बजारमा मङ्गलवार कच्चा तेलको मूल्य घटेको छ । कतारको दोहामा इरान र अमेरिकाबिच सम्भावित वार्ताप्रति लगानीकर्ताको ध्यान केन्द्रित भइरहेका बेला तेलको भाउ घटेको हो । 

चार महिनादेखि जारी द्वन्द्बिचको अस्थायी युद्ध विराम अझै पनि तनावपूर्ण रहेकाले बजार भने सतर्क बनेको छ । अर्कोतर्फ, चीनबाट कच्चा तेलको माग अपेक्षाअनुसार नबढेको चिन्ताले पनि तेलको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।

मङ्गलवार लन्डनस्थित आईसी एक्सचेञ्जको केमेक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ९ प्रतिशतले घटेर प्रति ब्यारेल ७२ डलर ५१ सेन्टमा झरेको छ । यो गत महिनाको अन्त्यको तुलनामा करिब २२ प्रतिशत अर्थात् झन्डै २० डलर कम हो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार