आइतवार, श्रावण २४ गते २०८३

सूर्य आफैँ अनुशासित छ,सिंगै ब्रमाण्ड अनुशासित छ –ओली

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले खेल भावनालाई फराकिलो बनाउँदै अनुशासनमा बाँधिन आग्रह गरेका हुन् ।

‘खेलाडीहरू अनुशासित हुन्छन् । विना अनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ उनले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय छ, धर्ती, गृहहरू अनुशासन छन् । सूर्य आफैँ अनुशासित छ। सिंगै ब्रमाण्ड अनुशासितछ ।’

उनले पृथ्वीबारे थप भने, ‘पृथ्वी अनुशासित छ । भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ । कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार