शुक्रवार, आश्विन १६ गते २०८३

साहज ऊर्जाको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइन्छ ?

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त सेयरका लागी सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।

निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणका लागी बाँकी ६४ लाख ४० हजार कित्ता छुट्याइएको छ। 

कम्पनीको सेयरमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो सेयरको मोबाइल एप्लिकेसन तथा वेब साइटबाट पनि आवेदन दिन सकिने बिक्रीप्रबन्धकले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार