काठमाडौं। मन्त्री टुङ्ग्याउन नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। गठबन्धनका दलले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहँदा सरकारमा पठाइने मन्त्रीबारे निर्णय लिन बैठक बोलाइएको जनाइएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार दिउँसो ३ बजेका लागी बैठक बोलाएका छन्। सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै टुङ्गो लगाउने तयारी माओवादीको छ।