काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा साउन १ गतेदेखि ब्लु बस सेवा सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा आठ वटा बस सञ्चालन गर्ने सरकारी तयारी छ ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा यो विषय समावेश गरिएको छ ।
पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। चक्रपथ क्षेत्रमा चारवटा बस सञ्चालन गरिनेछन् । जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।