शनिवार, कार्तिक ८ गते २०८३

परराष्ट्रमन्त्री नारायण खड्काले लिए शपथ

बुधवार , आश्विन ६, २०७८

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले सपथ लिएका छन्। कांग्रेस नेता डा. नारायण खड्काले शितल निवासमा आयोजित एक समारोहमा सपथग्रहण गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार