आइतवार, श्रावण २४ गते २०८३

नेपालीको साझा समस्या ‘ग्यास्ट्रिक’ किन र कसलाई हुन्छ बढी जोखिम?

सोमवार , आषाढ २२, २०८३

काठमाडौँ । नेपाली समाजमा ‘ग्यास्ट्रिक नभएको त मान्छे नै हुँदैन’ भन्ने उखान नै स्थापित भइसकेको छ ।

चिकित्सा भाषामा ‘ग्यास्ट्राइटिस’ भनिने यो समस्या पेटको भित्री तह (म्युकस मेम्ब्रेन) सुन्निने वा पोल्ने अवस्था हो । सामान्य रूपमा लिइने यो रोगले समयमै ध्यान नदिए अल्सर र कलेजोको गम्भीर समस्या समेत निम्त्याउन सक्छ । आखिर यो किन र कसलाई बढी हुन्छ त? 

चिकित्सकहरूका अनुसार हाम्रो आमाशयमा खाना पचाउनका लागि हाइड्रोक्लोरिक अम्ल उत्पादन हुन्छ । जब यो अम्लको सन्तुलन बिग्रिन्छ वा पेटको भित्री रक्षात्मक तह कमजोर हुन्छ, तब ग्यास्ट्रिकको सुरुवात हुन्छ ।समयमा खाना नखानु, लामो समयसम्म भोको रहनु वा एकैपटक धेरै खानु ग्यास्ट्रिकको सबैभन्दा ठुलो कारण हो ।

त्यस्तै ,अत्यधिक पिरो, चिल्लो, अमिलो, मसलादार र जंक फुड (पत्रु खाना) को सेवनले पेटमा एसिडिटी बढाउँछ ।यसरी दूषित पानी र खानाका माध्यमबाट पेटमा पुग्ने यो ब्याक्टेरियाको संक्रमण ग्यास्ट्रिक र अल्सरको प्रमुख कारण मानिन्छ ।दुखाइ कम गर्ने औषधि र एन्टिबायोटिकहरू चिकित्सकको सल्लाह बिना खाली पेटमा लगातार खाँदा पेटको भित्री तहमा क्षति पुग्छ ।

अर्को कारण, अत्यधिक रक्सी र चुरोट सेवनले पेटमा एसिडको मात्रा बढाउँछ र पेटको पत्रलाई कमजोर बनाउँछ ।साथै, अत्यधिक तनाव, चिन्ता र अनिन्द्राका कारण शरीरमा रासायनिक असन्तुलन भई एसिड बढी उत्पादन हुन्छ ।

ग्यास्ट्रिक जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन सक्छ, तर केही विशेष समूह यसको उच्च जोखिममा पर्छ ।विद्यार्थी र कामकाजी युवाव्यस्त दिनचर्या, समयमा खाना नखाने र जंक फुडमा बढी निर्भर हुने बानीका कारण ,प्रशस्त पानी नपिउनेहरूलाई शरीरमा पानीको कमी हुँदा पेटको एसिडलाई निष्क्रिय पार्न गाह्रो हुन्छ ।

त्यस्तै, खाली पेटमा तारन्तार चिया वा कफी पिउनेहरूमा एसिडिटीको समस्या तीव्र हुन्छ ।बासी, सडेगलेको वा राम्रोसँग नपखालिएका सागसब्जी खाँदा ब्याक्टेरियाको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

यसका मुख्य लक्षणहरू पेट पोल्नु, अमिलो पानी आउनु, पेट फुल्लिनु, खाना खाएपछि भारी महसुस हुनु, वाकवाकी लाग्नु, र कहिलेकाहीँ पेट दुख्नु ग्यास्ट्रिकका मुख्य लक्षणहरू हुन् ।

चिकित्सकहरूका अनुसार ग्यास्ट्रिकबाट बच्न औषधि भन्दा पनि जीवनशैलीमा सुधार आवश्यक छ । समयमा सन्तुलित भोजन गर्ने, प्रशस्त पानी पिउने, चिल्लो–पिरो कम गर्ने, र तनावमुक्त रहने गरेमा यो समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ । यदि लक्षणहरू लगातार देखिरहेमा भने तुरुन्त विशेषज्ञ चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार