काठमाडौं । सरकारकाठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई असार २४ भित्र पुनर्स्थापना खर्च बुझ्न आग्रह गरेको छ।
अधिकारप्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेर सुकुम्बासीहरूलाई बुधबारसम्म खर्च बुझ्न भनिएको हो। त्यसका लागि आवेदन दिएर २२ गतेभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ। सो अनुसार आवेदन दिने आज अन्तिम दिन हो।
सरकारले सुकुम्बासीहरूलाई पुनर्स्थापना खर्च स्वरूप प्रतिपरिवारलाई पुनर्स्थापनाका लागि २५ हजार दिने भएको छ।