शनिवार, कार्तिक ८ गते २०८३

सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। सरकारले यसअघी जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको हो। 

बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन्। महराले भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउने बताए।

सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार