काठमाडौं । चीनका लागि ७ जना पूर्वराजदूतले काठमाडौंमा दलाई लामाको जन्मदिन मनाएको विषयमा सरकारको धारणा माग गरेका छन् ।
असार २२ गते नागार्जुन नगरपालिका,२ स्थित नामग्याल विद्यालयमा ९१औं जन्मोत्सव मनाइएको विषयमा बिहीबार ७ पूर्वराजदूतले संयुक्त वक्तव्य जारी गर्दै आपत्ति समेत जनाएका छन् ।
चीनका लागि पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले उक्त वक्तव्य जारी गरेका हुन्।
‘नेपालले सधैं दृढतापूर्वक एक–चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरूद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पर्ने कार्य नगर्ने तथा गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको, र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको त्यो प्रतिबद्धतामा परिवर्तन आएको होरु के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौंरु,’ वक्तव्यमा सोधिएको छ।
यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत असर पर्ने भएकाले सतर्क र सचेत रहन अपिल गरेको छ।