काठमाडौं । नेकपा एमालेले सुकुम्बासीको व्यवस्थापन सही तरिकाले हुन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्नै एमालेकी सांसद एशुदा कुमारी बरालले सुकुम्बासी जनता हुन कि हैनन् भन्दै सरकारसँग प्रश्न गरिन् । सुकुमबासीले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने पनि उनले बताईन् ।
२५ हजार लिएर आफैँ आफ्नो व्यवस्थापन गर भन्ने विषय व्यवहारिक नरहेको उनले बताइन् । २५ हजार हातमा थमाएर सडकमा धपेदिँदा मानव अधिकार हनन हुने पनि उनले बताईन् ।