काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक निरन्तर घटेको छ । पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक कुल ५० अंक घटेको हो ।
राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति ल्याएको थियो । त्यसपछि बुधबार खुलेको सेयर सूचक ३०.०९, बिहीबार १९.६७ र आज शुक्रबार १.१३ अंक घटेको हो । शुक्रबार बजार सूचक घटे पनि कारोबार रकम भने २ अर्बले बढेको नेप्सेले जनाएको छ ।
मौद्रिक नीति सार्वजनिकपछि दोस्रो दिन बजार घटेको हो । संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा निर्धारण हुने विषय मौद्रिक नीतिमा उल्लेख छ । यसले बजारमा केही अन्योल बढेको छ ।
हाल १ सय ८० दिनको औसत मूल्य वा वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको छ ।