आइतवार, श्रावण २४ गते २०८३

विश्वकप सेमिफाइनल –कुन मुलुकसँग कसको प्रतिस्पर्धा (नेपाली समय अनुसार)

आइतवार , आषाढ २८, २०८३

२०२६ फिफा विश्वकप रोमाञ्चक मोडमा पुगेको छ र अब फाइनलमा को पुग्नेछ भन्ने निर्णय हुन केवल सेमिफाइनलका दुई खेलहरू बाँकी छन्। प्रतियोगितामा सहभागी ४८ टोलीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्दै अब मात्र ४ वटा शक्तिशाली टोलीहरू उपाधि नजिक पुगेका छन्।

क्वाटरफाइनलका खेलहरू सकिएसँगै सेमिफाइनलको समीकरण यसप्रकार तय भएको छ:

  • पहिलो सेमिफाइनल:  फ्रान्स विरुद्ध  स्पेन (नेपाली समय अनुसार साउन १ गते, मङ्गलवार बिहान १२:४५ बजे)

  • दोस्रो सेमिफाइनल: इङ्ल्यान्ड विरुद्ध  अर्जेन्टिना (नेपाली समय अनुसार साउन २ गते, बुधवार बिहान १२:४५ बजे)

क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले र स्पेनले बेल्जियमलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा एक-अर्कासँगको भेट पक्का गरेका हुन्। यस्तै, अर्कोतर्फ इङ्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २-१ ले हराउँदै र साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डमाथि ३-१ को पुनरागमन जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेका छन्।

यी दुई सेमिफाइनल खेलका विजेता टोलीहरू नै यसपटकको विश्वकपको ऐतिहासिक फाइनल भिडन्तमा आमनेसामने हुनेछन्। नेपाली समय अनुसार साउन ६ गते (जुलाई १९) मङ्गलवार बिहान १२:४५ बजे न्यु योर्क न्यु जर्सी स्टेडियममा उपाधिका लागि फाइनल खेल खेलिनेछ।

साविक विजेता लियोनेल मेस्सीको अर्जेन्टिना, किलियन एम्बाप्पेको फ्रान्स, युवा स्टारहरूले भरिएको स्पेन र ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्डमध्ये कुन दुई टोली फाइनलमा भिड्नेछन् भन्ने कुराले विश्वभरका फुटबल प्रशंसकहरूमा कौतुहलता बढाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार