सोमवार, श्रावण २५ गते २०८३

यस्तो छ गणेश नेपालीको परिवारसँग सरकारको नौबुँदे सहमति

आइतवार , आषाढ २८, २०८३


 काठमाडौं । आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ने‍पालीले आत्मदाहको प्रयास गरेका थिए । उनले बिहीबार आत्मदाह प्रयास गरेका थिए ।  भोलिपल्ट असार शुक्रबार उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।

उनको निधनपछि सरकारसँग सहमति नजुट्दा पीडित परिवारले शवसमेत बुझ्न मानेको थिएन ।

नेपाल सरकार तथा काठमाडौं महानगरपालिका र पीडित परिवारबीच उचित राहत प्रदान गर्ने, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषयमा सहमति जुटेको हो ।

aaaaa.jpeg

 

a222.jpeg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार